काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिजमा अनावश्यक तडकभडक र खर्चिला एवं भड्किला कार्यक्रम गरेको फेला कारबाही गरिने बताएको छ।
बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना निकालेर तिजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम आयोजना गरे कानुनअनुसार कारबाही गरिने जनाएका हुन्। विगतका तुलनामा पछिल्ला केही वर्षमा तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यकम बढ्दै गएको देखिएको सूचनामा उल्लेख छ।
सामाजिक व्यवहार (सुधार)ऐन, २०३३ र सामाजिक व्यवहार ९सुधार० नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको उल्लेख गर्दै सूचनामा भनिएको भनिएको छ, ‘आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खाले तिजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यकम सञ्चालन नगर्नुरनगराउनुहुन अनुरोध छ।’
पर्व मनाउँदा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले यसमा सबै राजनीतिक दल, नागरिक समाज, पेसागत संघ–संस्था, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको उनले बताएका छन्।
कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रम आयोजना गरेरगराए त्यस्ता गतिविधिको निगरानी गरी कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
यस्तो छ सूचना-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !