काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन २९ गतेदेखि विक्रीमा ल्याएको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले संस्थापक समूह “क” उप समूह क–२ को अन्य संस्थापक अन्तरर्गत अवितरित हकप्रद शेयर मध्ये यस अघि लिलामी गर्दा विक्री नभएको उक्त शेयर पुनः लिलामीमा विक्री खुला गरेको हो । इच्छुक खरीदकर्ताहरूले भदौ ६ गतेदेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यव्स्था थियो । यी शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका कार्यालय शंखमुल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै उपत्यका वाहिर रहेका बैंकका शाखा कार्यालयहरू झापा, विराटनगर, जनकपुर, वीरगंज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, कैलाली र कञ्चनपुरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !