काठमाडौ । पर्यटनको मूख्य सिजन मानिएको अक्टोबर महिनामा पर्यटक आगमन घटेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो । जबकी सन २०१९ को यहि सिजनमै १ लाख ३४ हजार पर्यटक नेपाल आएका थिए । अहिले २०१९ को भन्दा कम पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ ।
अक्टोबरमा भारतीय र अमेरिकी पर्यटक लगभग बरारब नै नेपाल आएक देखिन्छ । अक्टोबरमा १६ हजार ३ सय १३ भारतीय पर्यटक र १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । त्यस्तै बेलायतबाट ८ हजार १९ , चीनबाट ७ हजार ७ सय ५० पर्यटक, अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनी ६ हजार १८, फ्रान्स ५ हजार ४ सय ८५, बंगलादेश ४ हजार ४ सय ७६, श्रीलंका ३ हजार १ सय २५ र इटालीबाट २ हजार ६ सय ३५ जना पर्यटक अक्टोबर महिनामा नेपाल घुम्न आएका छन् । नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक हुन नसक्नुमा प्राकृतिक विपत्ति (अविरल बर्षाका कारण गएको बाढी तथा पहिरो) मूख्य कारण रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !