काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ५४ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष ७१९ दशमलव ६० प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष कमपनीको सञ्चालन वापत्को आम्दानी ८८ दशमलव ८७ प्रतिशत बढी भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।
अघिल्लो वर्ष ४ करोड ७६ लाख रुपैयाँभन्दा बढी सञ्चालन वापत्को आम्दानी गरेको कम्पनीले गत वर्ष भने ८ करोड ९९ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६ करोड ७ लाख १८ हजार रुपैयाँ रहेको छ । अदर कम्पोनेन्ट अफ इक्वीटी ९ करोड ४६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग २४ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीले लिएको कर्जा रकम ३० करोड ६९ लाख रुपैयाँभन्दा बढी रहको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको कर्जा रकम घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३४ करोड ५७ लाख रुपैयाँभन्दा बढी कर्जा लिएको थियो ।
गत वर्ष वित्तीय खर्च पनि कम भएको छ । अघिल्लो वर्ष ४ कराड २५ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७३ रुपैयाँ २७ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !