धनगढी । मंसिर २२ गतेदेखि सुरुहुने १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवको तयार पुरा भएको छ । आयोजक कैलाली उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको उद्घाटन भोली प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले गर्ने तय भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्वर १ पशुपति टोलमा लाग्ने महोत्सवमा व्यावसायीक कृषि प्रदर्शनी, ताजा तरकारी र कृषिमा आएको प्रविधि संगै माछा,केरा,पोल्टी,दुग्धजन्य पदार्थ,च्याउ जस्ता कृपी उपजलाई विशेष जोड दिइने कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।
यस बर्षको महोत्सवमा पनि संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिइने छ । साथै यस क्षेत्रका उद्यमी व्यवसायीका उत्पादनहरु लाई प्राथमिकता दिइने छ । थारु समुदायको पौराणीक कला संस्कृति भल्कीने गरी छुटै थारु गाउँको समेत व्यवस्था गरिएको छ ।
महोत्सवमा कृषि,जडिवुटी,हस्तकला,फर्निचर,अटोमोवाइल्स,गारमेन्ट, होटेल र सुचना प्रविधि का ४०० जति स्टलहरु रहेने बताइएको छ ।
करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
महोत्सव अवलोकनको लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १०० रुपीयाँ टिकट निर्धारण गरिएको छ । भने फरक क्षमता भएकालाई निशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।
महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ । खल्तीको प्रोमोकोड प्रयोग गरि हरेक टिकटबाट २५ रुपीयाँ क्यास व्याक पाइने जनाइएको छ ।
आयोजक कैलाली उद्योग बाणिज्य संघले २ करोडको लागत अनुमान गरिएको महोत्सवमा १० करोड बराबरको कारोवार हुने अनुमान गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !