काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्तसम्ममा देशको समष्टिगत आर्थिक अवस्थाको चित्र सार्वजनिक गरेको छ ।
यस्ता छन् मूख्य झलकहरु-
१,वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।
२,आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४
प्रतिशतले घटेको थियो ।
३, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ ।
४, शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेका ेछ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२
करोडले बचतमा रहेको थियो।
५, कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा
सेवा आयात धान्न पर्याप्त छ ।
६, विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ ।
७, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको
छ ।
८, २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित
कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !