काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने तयारी गरेको छ । यसअघि २ पटक भैरहवा कुवेत उडान गरिसकेको जजिराले तेस्रो पटक भदौ तेस्रो सातादेखि उडान सुरु गर्ने योजना बनाएको हो ।
साउन २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गर्दै जजिराले कुवेत भैरहवा उडान तालिका स्वीकृत गर्न आग्रह गरेको छ ।जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । जजिरा एयरले भैरहवा कतार सातामा ४ उडान गर्ने गरी अनुमति माग गरेको नेपाल नागरिक उड्डयन प्राधिकारणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारीले दिए ।
भैरहवा विमानस्थलमा उडान गर्न वायुसेवा कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा ३ वर्षसम्म छुट दिनुपर्ने माग गरेका छन् । यस्तै, गौतमबुद्ध विमानस्थलमा प्रयोग हुने हवाई इन्धनमा छुट दिनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ३ हजार यात्रु सेवा शुल्क तथा टिकट बिक्रीमा लाग्ने करमा समेत छुट दिन माग गरेका थिए।
सरकारले उड्डयन आफूहरुले मागेका छुट दिए भैरहवा अवुधाबी १३ हजारमै उडान गर्ने प्रस्ताव वीज एयरले गरेको थियो । हाल काठमाडौं अवुधावीको भाडादर अहिले औषतमा ४० हजार रुपैयाँ छ । यस्तै जजिराले पनि सरकारले छुट दिएमा कुवेतमा नियमित उडान गर्ने इच्छा देखाएको थियो ।
प्राधिकरणमा पेश गरेको पत्रमा जजिराले भैरहवा कुवेत उडान अक्टुबर तेस्रो साताबाट सुरु गर्ने जानकारी दिए पनि सरकारले छुट दिने निर्णय गरेकाले सेम्टेम्बर पहिलो साता ९भदौ तेस्रो सातामै० उडान गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !