काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले भने ‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ । जुवाघरको टिप्पणीले समस्यामा पारेको हो । सन्तुलित ढंगले अघि बढ्ने छौं’,।मुख्य रूपमा मानिसहरूको गुमेको आत्मविस्वास बढाउने काम गर्ने छौँ त्यसमा बजेट बाधक बन्दैन ।
मन्त्री पौडेले अर्थतन्त्रको सबै क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताए । पदभार ग्रहण गर्दै उनले विकास वित्तका नयाँ विकल्पको खोजि गर्ने सम्बन्धमा संस्थागत अध्ययन गर्ने, खोजि र कार्यान्वयन गर्ने निर्णय गरेका छन् । उनले संयुक्त सरकारबाट राजनीतिक स्थिरता दिने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !