काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक र्वा ०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्कीयबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनस दर कायम गरिएको हो । २०८० साल असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने गरी कम्पनीले जारी गरेको विभिन्न बीमालेखमा प्रतिहजार बीमाङ्कमा अधिकतम ७० रूपैयाँसम्म बोनस दिन लागेको हो । कम्पनीले सावधिक जीवन बीमाका लागि न्यूनतम ३३ रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस दिने भएको छ ।
सावधिक जीवन बीमा अन्तर्गत ९ वर्ष अवधिका लागि र १० देखि १४ वर्ष अवधिका लागि ३३ रूपैया, १५ देखि १९ वर्ष अवधिका लागि ४० रूपैयाँ , २० देखि २४ वर्ष अवधिका लागि ५१ रूपैयाँ र २५ वर्षभन्दा माथीको बीमालेखमा ७० रूपैयाँसम्म बोनस दर कम्पनीले कायम गरेको छ ।
सावधिक तथा आजीवन जीवन बीमामा कम्पनीले न्यूनतम ३५ रूपैयाँदेखि ७० रूपैयाँसम्म बोनस दिने भएको छ । यो बीमालेख अन्तर्गत ९ वर्ष र १० देखि १४ वर्ष अवधिका लागि ३५ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रूपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५१ रूपैयाँ र २५ वर्षभन्दा बढी अवधिको लागि ७० रूपैयाँ बोनस दर कम्पनीले कायम गरेको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमामा भने कम्पनीले न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ५१ रूपैयाँ बोनस दर दिने भएको छ । यो बीमालेख अन्तर्गत ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिका लागि ३५ रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रूपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ५१ रूपैयाँ बोनस दर कम्पनीले निर्धारण गरेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम २४ रूपैयाँसम्म बोनस दर दिएको छ । कम्पनीले यो बीमालेख अन्तर्गत ९ वर्ष र १० देखि १४ वर्ष अवधिका लागि २० रूपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २२ रूपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि २४ रूपैयाँ बोनस दर कायम गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !