काठमाडौँ। अबदेखि कुनै एक व्यक्ति दुई वा दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाईने भएको छ। सहकारी विभागले एक व्यक्ति एक सहकारीको मात्र संचालक हुन पाउने व्यवस्था गरेको हो ।
विभागले एक निर्देशन जारी गर्दै एक वा सो भन्दा बढी सहकारीमा संचालक भएका व्यक्तिलाई ३० दिनभित्र एक संस्थाको पद छाड्न निर्देशन समेत दिएको छ ।
सहकारी ऐन, २०७४ को दफा ९४१० को उपदफा ९५० मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । सोही अनुसार नै लागू गर्न देशभरका सहकारीलाई विभागले निर्देशन दिएको हो ।
‘कानुनी प्रावधानअनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हन सक्नेछ भन्ने व्यवस्था छ । सो को पूर्ण परिपालना गर्नु गराउनुहुन हुन यो निर्देशन जारी गरेको छ । ३० दिन भित्र एउटा संस्थाको मात्र संचालक पद कायम राखी अन्यको हकमा त्याग गुनपर्नेछ’, विभागले जारी गरेको निर्देशनमा उल्लेख छ ।
सोही अनुसार कार्यान्वयन नगरेको खण्डमा भने कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !