काठमाडौं । सानिमा बैंक लिमिटेडको ६८ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले यस अघि चैत १६ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री खुला गरेको थियो । ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी विद्यमान संस्थापकमा जारी गर्दा विक्री हुन नसकेको यो शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
प्रतिकित्ता १५० रूपैयाँ तोकिएको कम्पनीको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ । आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !