काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंक लिमिटेड र एनएमबि सेक्यूरिटिज लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) नविकरणका लागि आग्रह गरेका छन् । चालू आर्थिक वर्ष सकिन लाग्दा यी कम्पनीहरूले आर्थिक वर्ष ०८१/८२ को हितग्राही खाता सञ्चालन वापत्को वार्षिक शुल्क बुझाउन भनेका हुन । आगामी साउन १५ गतेभित्र हितग्राही खाता सञ्चालन वापत्को १०० रूपैयाँ शुल्क बुझाउन कम्पनीहरूले सूचना जारी गरेरै आग्रह गरेका हुन ।
एनएमबि क्यापिटल लिमिटेड तथा एनएमबि बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट नविकरण वापत्को शुल्क बुझाउन सकिने जानकारी कम्पनीहरूले दिएका छन् । साथै इसेवा, कनेक्ट आइपिएस, आइएमई पे , खल्ती र प्रभु पे मार्फत पनि उक्त रकम भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी कम्पनीहरूले दिएका छन् । समयमै खाता सञ्चालन वापत्को शुल्क नबुझाएमा खाता स्वतः रोक्का हुने भनाई कम्पनीहरूको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !