काठमाडौं। सरकारले टिकटक बन्द गरिदिएपछि त्यसको विकल्प भन्दै ‘रमाइलो’ एप सार्वजनिक गरिएको छ।
नेपाली कम्पनी आइडिया जारले प्रयोगकर्ताले भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने तथा लाइभ गर्न मिल्ने सुविधासहित एप सार्वजनिक गरेको हो।
कम्पनीले कन्टेन्ट क्रियटरलाई केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिंदै जाने योजना रहेको जनाएको छ। टिकटक प्रयोगकर्ताका लागि यो एप उत्तम भएको कम्पनीको दाबी छ।
प्रयोगकर्ताले सामाजिक सद्भावमा असर पुर्याउने र अश्लिल खालका सामग्री अपलोड गरे ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड लगायत कारवाही प्रावधान रहेको कम्पनीले जनाएको छ। एपमा १३ वर्ष उमेरमाथिकाले मात्र पहुँच राख्न सक्ने छन्।
सरकारले कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले बनाएको छ ।
गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ ।नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ। यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ । केही दिनमा आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !