काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले २ लाख ८३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । बेनुका जोशीको नाममा रहेको यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, काठमाडाौं वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !