काठमाडौं। नेपाल टेलिकम लिमिटेड (NTC) ले लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ। कम्पनी संचालक समितिको बैठकको निर्णयले पुस २९ गतेका लागि १६ औँ वार्षिक साधारण सभा तय गरेको हो । सो सभा बिहान ११ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु प्रस्तावलाई विशेष प्रस्तावका रूपमा राखेको छ।
साधारण सभाका लागि कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्मलाई बुक क्लोज गर्दैछ। सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्रले लाभांश तथा सभामा सहभागी हुन पाउनेछन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !