काठमाडौ । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आज (चैत ५) गोलाप्रथामार्फत क्रेष्टको आइपिओ बाँडफाँट गरिएको हो । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले आइपिओ पाएका छन् । यो आइपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएकामा १० हजार १२६ जनाको आवेदन रद्द भएको छ ।
रितपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओको नतिजा क्रेष्ट माइक्रो लाइफको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिनेछ ।
क्रेष्ट माइक्रोले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !