काठमाडौं । नबिल फ्लेक्सी क्याप फण्डले जेठ मसान्तसम्म १ करोड ८२ लाख ४३ हजार रूपैयाँभन्दा बढी नाफा गरेको छ । वैशाख मसान्तसम्म १७ लाख ८१ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो ।
जेठमा जम्मा आम्दानी बढेकाले नोक्सानी सुधार्दै योजना नाफा गर्न सफल भएको हो । वैशाख मसान्तसम्म योजनाले ७६ लाख ७७ हजार जम्मा आम्दानी गरेकोमा जेठ मसान्तसम्म २ करोड ८८ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो । खुला मुखी प्रकृतिको यस योजनाको जेठ मसान्तसम्म कायम इकाई ६ करोड २५ लाख ३६ हजार ५९ कायम भएको छ । वैशाख मसान्तसम्म ९ रूपैयाँ ८६ पैसा रहेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म १० रूपैयाँ १८ पैसा कायम भएको हो ।
मुद्दती निक्षेप समेत योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य भने ४४ करोड ६१ लाख रूपैयाँभन्दा रहेको छ । बैंक मद्दती निक्षेपमा योजनाले २० करोड रूपैयाँ लगानी गरेको छ । योजनाको कुल लगानी ४४ करोड ७६ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !