काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । असार २ गते सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले गत चैत ११ गते ३५ दिने सूचना जारी गरेको थियो । यी शेयर खरीदका लागि आगामी ७ दिनभित्र आवदन पेश गर्न कम्पनीले भनेको छ । इच्छुक खरीदकर्ताहरुले आफूले खरीद गर्न चाहेको शेयर र संख्या समेत खुुलाई विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !