काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । असार १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ुकनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकको स्वीकृति लिने निर्णय पनि सोही बैठकले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको यस कम्पनीले यो वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !