काठमाडौँ । शुक्रबार सुन र चाँदाीको मुल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरेहको छ ।
हिजो बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी एक हजार ८१० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !