काठमाडौँ । कतै नालीको दुई किनारामा सडक बन्दै
कतै फोहर टिप्पर भरी लैजाँदै
कतै भर्खर बाह्र पास गरेकाहरु डिभी भर्दै
बालेनको सहर काँचुली फेर्ने तरखरमा छ ।
बालेनको सहर ….
गल्ड्याङगुलडुंङ खाल्टो पुर्दै कतै फाटेको पिच टाल्दै
कतै पैदल यात्रीको मार्ग बनाउदै
बालेनको सहर पुरातात्विक सम्पदा रक्षा गर्दै
जुर्मुराएको भान हुन्छ स्थानीय सरकारको आभास दिदै छ ।
बालेनको सहर …..
शौचालय बिनाको यो सहर खुल्ला शौच बगाउन बाध्य छ
सुकेका धाराहरु जिर्ण उद्दारका लागि पर्खिरहेछ
मन्दिर मासेर बनाइएका सडक चौडा हुनुको उपलब्धी
सडकभरी गाडी पार्कको प्रतिक्षामा साइड बत्ती दिँदे रोक्किँदैछ
मचान र पाटीहरु लोप भएको यो सहर
पुन: डबली बस्न तम्सिएको छ
बालेनको सहर ……
(खलानको मान्छे)
लेखक प्रवासी नेपालीका रुपमा जर्मनीमा हाल कार्यरत छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !