काठमाडौं । काठमाडौं महानगरपालिकाले उसको क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न अल्टिमेटमसहितको निर्देशन दिएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै १५ दिने अल्टिमेटम दिएको हो । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।
अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको जनाउँदै महानगरपालिकाले यस्तो निर्देशन दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !