काठमाडौं । जहाजका क्याप्टेनले धावनमार्गमा कुनै जनावर रहेको आशंका गरेपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नुपरेको छ ।
सोमवार साँझ करिब पौने ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा जनावर (स्याल)रहेको आशंकामा क्याप्टेनले ओपरसुट गराएका थिए ।
काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखिएको थियो । सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिइन्छ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको थियो ।
रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !