काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने दुवै सदनको बैठकका निम्ति सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आ.व. २०८/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गनुहुने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !