न्यूयोर्क । पूर्व अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार एक अपराधमा दोषी ठहरिएका छन् । योसँगै उनी कुनै पनि अपराधमा दोषी ठहरिने पहिलो अमेरिकी राष्ट्रपति बनेका हुन् । उनलाई न्यूयोर्क अदालतको निर्णायक मण्डलले सन् २०१६ को चुनाव अगावै एक पोर्न स्टारलाई मौन बस्नको लागि भुक्तान गरिएको कागजातहरू लुकाउन किर्ते गरेकोमा दोषी पाएका छन् ।
दुई दिनको छलफलपछि, १२ सदस्यीय निर्णायक मण्डलले सर्वसम्मत फैसला पुष्टि गर्न मतदान गरेसँगै ट्रम्पलाई उनले सामना गरेका सबै ३४ वटा अपराधमा उनलाई दोषी ठहर गरिएको छ । रिपब्लिकन पार्टीले ट्रम्पलाई अब आउने नोभेम्बर ५ को चुनावमा राष्ट्रपतिका लागि मनोनयन गर्ने कार्यक्रम हुनुभन्दा केही दिनअघि न्यायाधीश जुआन मर्चनले जुलाई ११ का लागि सजाय तोकेका हुन् ।
व्यापारिक कागजातहरू किर्ते गरेको अपराधमा अधिकतम चार वर्षको जेल सजाय हुन्छ, यद्यपि दोषी ठहरिएकाहरूले प्रायस् छोटो सजाय पाउँछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !