नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लेा समय निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ पछिल्ला दुई दिनदेखि भने घट्न थालेको छ ।
यस्तै शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !