गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले तेस्रो त्रैमासिक अन्तर्गतको भत्ता यही जेठ १ गतेदेखि वितरण शुरू गरेको हो ।
गाउँपालिका भित्रका सबै वडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए । ‘चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेका छौ,’ उनले भने, यसबाट ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीलाई सजिलो भएको छ
गाउँपालिकाले टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि भत्ता बुझ्न गाडी रिजर्भ गरेर पालिकाको केन्द्र तथा सदरमुकामस्थित बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । भीमसेन थापा गाउँपालिका( १, २, ३, ५, ७ र ८ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
वडा नम्बर ४ र ६ मा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्दै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !