काठमाडौँ । विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्ती आज विश्वभर मनाइँदैछ । विशेषगरी आजको दिन स्वयम्भू,बौद्ध लगायत बुद्ध स्तुपा गुम्बा चैत्य तथा बिहारहरुमा भगवान गौतम बुद्धको पूजा अर्चनाका साथै भक्ति गानहरु गाउने गरिन्छ ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वका साथ हेरिन्छ । बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहेको पाइन्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !