काठमाडौँ। नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सुझाएको छ ।
राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउनु् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गरेको हो ।
नेटको प्रयोग गर्दा खुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीबाट भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जोगाउने र जथाभावी रङ वा तेल नलाग्ने गरी जतन गर्न वित्तीय चेतनामार्फत सचेत गराएको हो ।
यसो गर्दा नोट लामो समय टिक्नुको साथै किटाणुबाट सर्ने रोगको जोखिम कम हुन्छ र झुत्रा तथा च्यातिएका नोटबाट हुने हैरानी बेहोर्नु नपर्ने उल्लेख गरिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !