कठमाडौँ । बहुसंख्यक मानिसले लिखित सूचना आदानप्रदान गर्नको लागि प्रयोग गर्ने ह्वाट्सएप धेरैजसो मुलुकमा निषेध गरिएको छ । इरान, उत्तरकोरियामा ह्वाट्स्एप पूर्णतःनिषेध गरिएको छ भने गत महिनादेखि यसको प्रयोगमा चिनले समेत बन्देज लगाएको छ । कतार, इजिप्ट,जोर्डन र दुबईमा पनि ह्वाट्स्एपबाट भ्वाइसकल गर्न रोक लगाइएको छ ।
यद्यपि यी मुलुकहरुमा मानिसहरुले लुकिछिपी ह्वाट्सएप चलाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।चिनले केही समयअघि आइफोन र मोबाइलमा ह्वाट्सएप डाउनलोड गर्न नमिल्ने बनाउन भन्दै एप्पललाई अनुरोध गरेको थियो । तर चिनको उक्त अनुरोध एप्पले अस्विकार गरेपछि चिनले आफ्ना मुलुकका नागरिकलाई ह्वाट्स्एप चलाउन रोक लगाएको हो । सरकारको रोकपछि पनि चिनियाँहरु भीपीएन,ह्वाट्स्एप प्रोक्सी सेवाबाट ह्वाट्स्एप चलाउन भने छाडेका छैनन् ।
ह्वाट्स्एपका प्रमुख कार्थकाटले बीबीसीको इन्टरनेट फ्रिडम प्रोग्राममा पश्चिमा प्रविधिको विकास उदार लोकतन्त्रको मान्यता बिस्तार गर्न सफल भएको तर स्वतन्त्र र खुला इन्टरनेटले यसको शक्ति क्रमशः खुम्च्याउँदै लगेकाले जोखिम उीतिकै रहेको बताउँछन् । उदयीमान राष्ट्रले पछिल्लो समय शक्तिप्रदर्शनका क्रममा सूचनाप्रविधीलाई प्रयोग गर्दै आएका छन् ।
विशेषगरी चीन र अमेरिका औधोगिक शित युद्धमा उत्रिएदेखि एकले अर्को मुुलुकको सामाजिक सञ्जालको प्लेटफर्महरुलाई बहिस्कार गर्दै आएका छन् । केही समयअघिमात्र राष्ट्रिय चुनौतिको रपमा रहेको भन्दै अमेरिकाले चिनियाँ स्वामित्वको टिकटकलाई निषेध गरेको थियो । यसअघि चीनले २००७मै फेसबुकलाई आफ्नो मुलुकमा निषेध गरेको थियो । त्यस्तै ह्वाट्एप,इन्स्टाग्राम,विकिपेडिया,युट्युव,जीमेल,स्न्यापच्याट जस्ता विश्वमा लोकप्रिय बनेको सञ्जालहरुलाई क्रमशः निषेध गर्दै गयो ।
यसरी गोपनियताको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगमा निषेध गर्ने कार्यले विश्वमा फेरी प्रविधीको प्रयोग र उपभोगमा आम मानिसकोे पहुँचमा अंकुश लागेको छ । जसले विश्वमै नयाँ बहस छेडेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !