काठमाडौँ । २०८१ सालको पहिलो कारोबार दिन शेयर बजार एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.११ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ४ उपसमूहका परिसूचक बढेका छन् भने अन्य ९ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा ननलाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक १.०३ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सानिमा माई हाइड्रोपावर रह्यो जसको २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सानिमा माई हाइड्रोपावरनै रह्यो जसको ६ लाख ४० हजार ८ सय ७० कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !