काठमाडौ । अर्थमन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका तीन वटा महाशाखाको जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया शुरु हुदै गर्दा अर्थमन्त्री बर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् ।
यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ भने सोही अनुगमन मुल्यांकन महाशाखाका धनिराम शर्मालाई भने राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । सामान्यतया बजेट निर्माण गर्दै गर्दा बजेट लेखनको समुहमा यि तिन महाशाखा पर्दै आएका छन् । यसमा विशेष भुमिका बजेट महाशाखाको रहने गरेको छ । अन्य महाशाखाहरु भने यथावत राखिएको अर्थमन्त्रालयले जनाएको छ ।
त्यस्तै अर्थ मन्त्रालयमा ३ जना नयाँ सहसचिव भित्रिएका छन् । यसरी भित्रिनेमा नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटा रहेका छन् । उद्यपि उनीहरुलाई जिम्म्ेवारी दिन भने बाँकी छ । यसैगरीे अर्थमन्त्रालयबाटै पाँच जना सहसचिवको सरुवा भएको छ । २ महिनाअघि मात्र अर्थबाट सरुवा भई आन्तरिक राजश्व विभागका महानिर्देशक बनेका भूपाल बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ भने अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई सरुवा गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !