काठमाडौं । लुई भिटनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बर्नार्ड अर्नल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार अर्नल्टको कुल नेटवर्थ २३० अर्ब डलर रहेको छ ।
दोस्रोमा, अमेजनका संस्थापक जेफ बेजोस रहेका छन् । उनको सम्पति २०२ अर्ब डलर रहेको छ । यस सूचीमा इलोन मस्क तेस्रो स्थानमा छन् । उनको सम्पति १८७ अर्ब डलर बराबर रहेको जनाइएको छ । बर्नार्ड विलासिताका सामानको व्यापार गर्दै आएका छन् । जेफ बेजोसलाई पछि पार्दै उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
लक्जरी सामान उत्पादन गर्ने लुई भिटनको सेयर भाउ मार्च २५ मा ८१४ युरोबाट बढेर ८३५ युरोसम्म पुगेको थियो । अहिले भने पुनः भाउ घटेको छ । सेयर भाउ बढेसँगै उनको सम्पति पनि बढेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !