काठमाडौँ। आज, फाल्गुन २९ गते सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी दुई कम्पनीहरूले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । उक्त सभा प्रयोजनका लागि कम्पनीहरूले फागुन ३० गते बुक क्लोज गर्ने भएकाले फागुन २९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट नेशनल लघुवित्त वित्तीय संस्थाले कुल १५ प्रतिशत र माउन्टेन इनर्जीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल नेशनल लघुवित्तको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रूपैयाँ रहेको छ भने माउन्टेन इनर्जीको चुक्तापूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा यी कम्पनीहरूले लाभांश वितरण गर्न लागेका हुन । लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि माउन्टेन इनर्जीले चैत १३ गते र नेशनल लघुवित्त चैत १६ गते वार्षिक साधारण सभा बोलाएका हुन । दुबै कम्पनीको दशौं वार्षिक साधारण सभा रहेको छ । कम्पनीहरूले तय गरेको बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !