काठमाडौं । कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ॐ हस्पिटलका कार्यकारी प्रमुख यमबहादुर महतले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओपिडि शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै उक्त छुट सुबिधा कृषि विकास बैंक लि। का कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् ।
समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो । २०२४ माघ ७ गते स्थापना भइ सेवा प्रदान गर्दै आएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन भने १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान भैरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !