सिन्धुली । विद्यार्थीलाई दिवा खाजामा दूध, दुग्धजन्य पदार्थ र अण्डा वितरण कार्यक्रम श्रीपन्चमीको उपलक्ष्यमा श्री नवज्योति बहिरा मा.वि. जसेदमार, सिन्धुलीमा सम्पन्न भयो ।
उक्त कार्यक्रमको आयोजक पशु सेवा कार्यालय सिन्धुली र नेपाल डेरी एसोसिएसन जिल्ला शाखा सिन्धुलीको समन्वयमा भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजामा दुध, दुग्घजन्य पदार्थ तथा अन्डा वितरण गर्दै विद्यार्थी अभिभावक सँगै सबैको उपस्थितिमा सरस्वती माताको पूजा एवं आरधाना गर्दै कार्यक्रम गरिएको कुरा नेपाल डेरी एसोसिएसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले जानकारी गराए ।
कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख प्रभात न्यौपाने, नेपाल डेरी एसोसिएसन जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारी, सोही विद्यालयका वि।व्य।स। अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा लगायत पशु सेवा कार्यालयका कर्मचारी , डेरी व्यवसायी, जनप्रतिनिधि, वि.व्य.स. पदाधिकारी , विद्यालयका प्र.अ. लगायत शिक्षक, शिक्षिका संगै अभिभावक लगायत सोही विद्यालयका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदेश्य प्रष्ट पार्दै पशु सेवा कार्यालयका कार्यालय प्रमुख प्रभात न्यौपानेले दुग्धजन्य पदार्थको जानकारी सँगै उपभोगमा वृद्धि गर्ने र विषेशतस् खाद्य स्वच्छतालाई ध्यान दिंदै दैनिक उपभोगमा दूग्धजन्य पदार्थ र माछा मासु अण्डालाई सेवन गर्नुको फाईदा बारे कार्यलयको वार्षिक कार्यक्रम अन्तर्गत यो कार्यक्रम भएको जानकारी गराए । त्यस्तै नेपाल डेरी एशोसियसन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले दुग्ध जन्य पदार्थको उत्पादन र उपभोगलाई विद्यार्थी माझ जानकारी दिंदै दुध पूर्ण खाद्य पदार्थ भएको हिसाबले पनि दुधलाई दैनिक सेवन गर्न विद्यार्थीहरु एवं अभिभावकलाई आग्रह गर्दै शारिरिक मानसिक वृद्धि विकासका लागि दुध र दुग्धजन्य पदार्थको महत्व बारे थप प्रष्ट पार्दै माछा मासु र अण्डालाई पनि सेवन गर्नुपर्ने कुरा बताए ।
कार्यक्रममा वडा अध्यक्ष उज्ज्वल कुमार थापाले कार्यक्रम एकदमै फलदायी, औचित्य पुर्ण, समयानुकुल सान्दर्भिक भएकोले पशु सेवा र डेरी एशोसियसनलाई आग्रह गर्दै यसरी विद्यालयमा कार्यक्रम आयोजना गरेकोमा विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुको साथै विद्यालयका शिक्षक शिक्षिकासँगै विद्यार्थीहरुले आपसमा खुसि हुँदै यस्ता कार्यक्रमको निरन्तरताले निकै नै फलदायी हुने कुरा बताए ।
सो विद्यालयमा बिबिध प्रकारका अपांगता भएका विद्यार्थी माझ गरिएको कार्यक्रमले अत्यन्तै महत्व राखेको छ । विद्यालयमा २०० जना विद्यार्थीहरु माझ पशु जन्य पदार्थ उपभोग बारे गरिएको कार्यक्रममा दूध तथा दुग्ध पदार्थ, दूधपान, खिर अण्डा लगायतका सामग्री हस्तान्तरण गरिएको कुरा एसोसिएसन अध्यक्ष अधिकारीले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !