काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय सवारी ‘एआईओएन वाई’ बजारमा ल्याएको छ । सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको हो ।
थापाथलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै सञ्चालनमा आएको पहिलो सोरुमको उद्घाटन प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका हुन् । एआईओएन वाईमा अत्याधुनिक ब्याट्रीको प्रयोग गरिएको छ । गाडीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ ।
यसमा २७५० एमएमको हृवीलवेस पाउन सकिन्छ । कम्पनीले यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि पाइनेछ । एआईओएन वाई को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । चौधरी ग्रुपले यसअघि नेटा भी विद्युतीय सवारी पनि बजारमा ल्याइसकेको छ । पछिल्लो समय चौधरी ग्रुप विद्युतीय सवारी बिक्री वितरणमा आक्रामक बन्दै गएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !