काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्स २५.३ प्रतिशतले बढेको छ । यस आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स पोहोरको सोहि अवधिको तुलनामा २५.३ प्रतिशतले वृद्धि भई रु.७ खर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको उक्त अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष पुस महिनामा मात्र १ खर्ब २० अर्ब भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
यस छ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २०७,९७० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !