काठमाडौँ । माघे संक्रान्तिपछि खुलेको नेप्सेमा आज पनि दोहोरो अंकको उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.५७ प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज ८ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा २१४ कम्पनी बढेका छन् भने ३१ कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढेसंगै बुटवल पावर कम्पनी, युनाइटेड मोदि हाइड्रोपावर, हिमालयन पावर पार्टनर, नेपाल वेरहाउजिङ्ग कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यस्तै आज पनि हिमालयन रिइनस्युरेन्स कम्पनीको शेयरमा ९.९८ प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !