काठमाडौँ । साताको दोस्रो कारोबार दिन भने नेप्से दोहोरो अंकले बढेको छ । सोमवार नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.८० प्रतिशतले बढ्न पुगेको हो ।
बजारमा आज ४.६७ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा २१२ कम्पनी बढेका छन् भने २९ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढेसँगै सिंगटी हाइड्रोपावर, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनि र मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यस्तै आज मात्र दोस्रो बजारमा प्रवेस गरेको हिमालयन रिइनस्युरेन्स कम्पनीको शेयरमा पनि ९.९९ प्रतिशतको उछाल आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा निफ्रा रह्यो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !