अब यी राष्ट्रहरूमा जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही गर्न पाउने छन् । यसअघि भने विद्यार्थीहरुले १० हजार डलरसम्म मात्र साट्न पाउँथे । यसका साथै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनि राहदानी बापत प्रदान गरिने सटही सुविधा पनि थपेको छ । अब युरोप, अमेरिका, क्यानडा, जापान र दक्षिण कोरिया रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत ५०० डलरसम्म साट्न पाउने भएका हुन् ।
यसअघि भने यी मुलुक जाने कामदारलाई २०० डलर मात्र सटही गर्ने सुविधा बैंकले दिएकाे थियाे । एकीकृत परिपत्र अनुसार अन्य राष्ट्र जानेले भने २०० अमेरिकी डलरसम्म मात्र साट्न पाउनेछन् । यसका साथै विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भई आएको आधारमा समेत सटही सुविधा उपलब्ध हुने व्यवस्था गरिएकाे छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !