युनाईटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

२०८० माघ ०५ गते

युनाईटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.८०१३ प्रतिशत लाभांश दिने भएको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले  १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।