यातायात बन्दमा मनलाग्दी भाडा असुल्दै राइड सेयरिङः  प्रहरी भन्छ, बढी भाडा लिए हामीलाई  भन्नु

२०८२ जेठ १९ गते

यातायात बन्दमा मनलाग्दी भाडा असुल्दै राइड सेयरिङः  प्रहरी भन्छ, बढी भाडा लिए हामीलाई  भन्नु

काठमाडौं ।  यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् । सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन् ।  

आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ ।यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

Advertisement:

Ad
Ad

सूचनामा भनिएको छ, ‘विभिन्नअफलाइन बार्गेनिङ मार्फत यात्रुहरुलाई बढी भाडा लिने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं।’