२०८१ असोज ०५ गते
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यसपालीको बडादशैंको शुभसाइत सार्वजनिक गरेको छ । शुक्रबार समितिले २०८१ सालको बडादशैंको शुभसाइत सार्वजनिक गरेको हो । यसपाली टिकाको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।
समितिले सार्वजनिक गरेको साइतअनुसार असोज १७ गते बिहीबार नवरात्र आरम्भ तथा घटस्थापना गरिनेछ । यसका लागि बिहान ९. १६ बजेको साइत रहेको छ ।
त्यसैगरी असोज १८ गते झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा रहेको छ ।
समितिकाअनुसार असोज २४ गते बिहीबार फूलपाती, तुलजाभवानी यात्रा बिहान ७. ११ बजे, स्थिरासन बिहान ८. ४३ बजेमा शुभसाइत रहेको छ । त्यसैगरी असोज २५ गते शुक्रबार महाअष्टमी, कालरात्रि, महानवमी एकैदिन रहेको छ ।
असोज २६ गते शनिबार विजया दशमी, देवी बिसर्जन बिहान ८ः३३ बजे, टीक९पूर्व मोहडा०टिका लगाईमाग्ने पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । टिकाको बिहान ११ः३६ बजेको शुभसाइत रहेको जनाएको छ । सोही दिन तुलजाभवानी यात्रा बिहान ११. ५७ बजे, स्थिरासन दिउँसो १२. ५६ बजे, खड्गयात्रा पनि त्यसैदिन रहेको छ ।
असोज ३० गते बुधबार अखिलबलिपूर्ति र कोजाग्रत व्रत बस्ने साइत छ ।
प्रतिक्रिया