२०८३ असार २९ गते
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पाँचौ पटक म्याद थप भएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप भएको हो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो । उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया