२०८२ साउन ०६ गते
काठमाडौ । विदेशबाट वस्तु तथा सेवा आयातको नाममा १८ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आयात अघिल्लो बर्ष (२०८०/८१) को तुलनामा १३.२५ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छजसमा निर्यातको हिस्सा दुई खर्ब ७७ अर्ब रूपैयाँ रहेको छ ।
गत बर्ष सबैभन्दा धेरै आयात डिजेल र भटमासको कच्चा तेलको भएको छ। डिजेल एक खर्ब २८ अर्ब रूपैयाँ बराबरको र भटमासको कच्चा तेल १ खर्ब ८ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।यस्तै सबैभन्दा धेरै निर्यात भटमासको प्रशोधित तेल र धागो भएको छ।
भटमासको कच्चा तेल एक खर्ब ६ अर्ब रूपैयाँ बराबर र धागो १४ अर्ब ३६ करोड रूपैयाँ बराबरको भएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक व्यापार १५ खर्ब २७ अर्ब रुपैयाँ भन्दा बढी घाटा भएको छ ।
प्रतिक्रिया