२ वर्षे कुलिङ पिरियड हटाउनुपर्ने माग राख्दै सिंहदरवारमा कर्मचारीको धर्ना

२०८२ जेठ ११ गते

२ वर्षे कुलिङ पिरियड हटाउनुपर्ने माग राख्दै सिंहदरवारमा कर्मचारीको धर्ना

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कर्मचारीमैत्री नभएको उनीहरूको आरोप छ।

Advertisement:

Ad
Ad


नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने, मुख्य सचिव तथा सचिवस्तरका पदाधिकारीमा प्रस्तावित दुई वर्षे ‘कुलिङ पिरियड’ हटाइनुपर्ने माग राखिएको बताउँछन् ।