वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने रवि लामिछानेको प्रयास, निरन्तर संवाद

२०८२ पुस ०८ गते

वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने रवि लामिछानेको प्रयास, निरन्तर संवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै नयाँ र वैकल्पिक शक्तिलाई  एकै ठाउँमा ल्याउन प्रयास भइरहेको बताएका छन् ।

थुनामुक्त भएपछि पछिल्लो समय लामिछाने नयाँ र वैकल्पिक  शक्तिसँग लगातार संवादमा जुटेका छन् ।  सोमबार राति मात्र   काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग ६ घण्टाभन्दा लामो छलफल गरेका थिए । आफूहरु विस्तारै राजनीतिक चरणमा प्रवेश गरेर अरु शक्तिसँग पनि छलफल गर्ने बताएबा छन् ।

Advertisement:

Ad
Ad

रविका अनुसार सुधन गुरुङसँग पनि छलफल भइसकेको छ भने कुलमान घिसिङसँग पनि छलफलको प्रयास भइरहेको छ । परिवर्तन चाहने सबै वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास समेत गरिरहेको बताएका छन् ।