२०८२ फागुन ०७ गते
काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षभित्र २०० खर्ब पुर्याउने लक्ष्य राखेको घोषणापत्र सार्वजनिक गरेको छ ।
यस्तै आगामी ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र आर्थिक वृद्धिदर ७ देखि ९ प्रतिशत पुर्याउने योजना लिएको छ। युवा उद्यमीहरूलाई अनलाइन व्यापारका लागि १० हजार डलर बराबरको डलर कार्ड दिने समेतको विषय घोषणापत्रले सार्वजनिक गरेको छ ।
प्राविधिक शिक्षाका लागि २० लाखसम्म निर्ब्याजी ऋण र सशुल्क इन्टर्नसिपको व्यवस्था गर्ने योजना एमालेको छ । यस्तै विपन्न परिवारले बैंकबाट लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, सुरक्षाकर्मीको सेवा सुविधा र कल्याणकारी कार्यक्रममा वृद्धि गर्ने,महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र ५ लाखको निःशुल्क जीवन बीमागर्ने लगायतको प्रतिवद्धता समेटिएको घोषणापत्र एमालेले गरेको छ ।
प्रतिक्रिया