उज्यालो नेपालको घोषणापत्रः  २०३५ सम्म ५० लाख पर्यटक भित्र्याउने, बार्षिक १० अर्ब अमेरीकी डलर राजस्व उठाउँने

२०८२ फागुन ०३ गते

उज्यालो नेपालको घोषणापत्रः  २०३५ सम्म ५० लाख पर्यटक भित्र्याउने, बार्षिक १० अर्ब अमेरीकी डलर राजस्व उठाउँने

 

काठमाडौं । उज्यालो नेपाल पार्टीले पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाउँदै वार्षिक १० अर्ब अमेरिकी डलर राजस्व प्राप्त गर्ने लक्ष्य लिएको छ ।

Advertisement:

Ad
Ad

साथै, कृषि उत्पादन प्रवद्र्धन तथा निर्यात विस्तारका लागि नियमन प्रणालीलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

आइतबार प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उज्यालो नेपाल पार्टीले पर्यटन क्षेत्रतर्फ विदेशी पर्यटक आगमन सन् २०३० सम्म २० लाख र २०३५ सम्म ५० लाख पु¥याउने लक्ष्य राखेको हो ।

त्यसका लागि पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, कलात्मक वस्तु निर्माण, हवाई सेवा विस्तारलगायतका नवीन तुलनात्मक लाभका क्षेत्र पहिचान गरिने उल्लेख गरिएको छ ।

प्राकृतिक तथा हिमाली क्षेत्रको विशिष्ट पहिचान प्रवद्र्धन गर्दै विश्वसम्पदा अवलोकनका लागि धार्मिक, आध्यात्मिक पर्यटन, स्वास्थ्य शिक्षा, उपचार सेवा तथा साहसिक खेलको केन्द्रका रूपमा नेपाललाई विकास गरिने योजना प्रस्तुत गरिएको छ ।

यसैगरी कृषि उत्पादन प्रवद्र्धन र निर्यात वृद्धिका लागि नियमन प्रणाली सुदृढ गरिने र पर्यटन आकर्षण बढेसँगै निर्यातबाट वार्षिक १० अर्ब अमेरिकी डलर राजस्व प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

पर्यटन समृद्धिको मार्ग

नेपाल पर्यटन दशक (२०२६–२०३५० ) सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित धार्मिक, सांस्कृतिक, साहसिक तथा इको–पर्यटन प्रवद्र्धन गरिनेछ। वर्षका ३६५ दिन पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी नेपाललाई पर्यटन हब बनाइनेछ ।

पर्यटन पूर्वाधार तथा कनेक्टिभिटी सुधार स् स्वदेशी तथा विदेशी हवाई सेवासँग सहकार्य गरी १० प्रमुख विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा विकास गरिनेछ। नयाँ उडान गन्तव्य थप्दै ट्रेकिङ मार्ग, सडक, केवलकार तथा होमस्टेहरूलाई सुरक्षित र आकर्षक गन्तव्य बनाइनेछ ।

दिगो तथा समावेशी पर्यटन कोष स् पर्यटनबाट प्राप्त राजस्वबाट ५ अर्ब रुपैयाँको ‘पर्यटन समृद्धि कोष’ स्थापना गरी ग्रामीण महिला पर्यटन उद्यमीलाई वातावरण संरक्षणमा अनुदान उपलब्ध गराइनेछ ।